६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

२२.१४ अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार

२६ कार्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक  २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा पुगेको छ । सोमबारको कारोबार रकम गत दुई महिनायताकै उच्च हो। यसअघि गत भदौ १९ गते १२ अर्ब ९२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज ११ अर्ब ३१ करोड रूपैयाँको सेयर कारोबार भएको छ।

आज १३ मध्ये ८ उपसमूहको शेयर उकालो लागेको छ भने सेन्सेटिभ इण्डेक्स ३.६१ अंक,  फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंकले बढेको छ ।

आज ६ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी अन्य ६ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज गुराँस लघुवित्त, मानुषि लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, श्रृजनशील लघुवित्त र माछापुच्छ्रे बैंकको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : November 11, 2024 at 3:42 pm