१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा उडान गर्दै

२६ कात्तिक, काठमाडौं । मंगलबारदेखि यती एयरलाइन्सले भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ ।

भैरहवा–पोखराको उडान समय ११:०५ बजे छ भने  पोखरा–भैरहवाको उडान समय ११:४५ बजे तोकिएको यती एयरलाइन्सले जनाएको छ । उक्त रुटको एकतर्फी हवाई भाडा २५ सय रुपैयाँ कायम गरिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या बढाउनका निम्ती भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरिएको यती एयरलाइन्सले जानकारी दिएको छ ।

प्रकाशित मिति : November 11, 2024 at 1:40 pm