११ पुष २०८१, बिहीबार | Fri Dec 27 2024

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

२४ कार्तिक, काठमाडौँ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शिलान्यास गरिएको छ । संविधानसभाका सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा शुक्रबार पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमका अनुसार जिल्लावासी तथा राजनीतिक दलका प्रतिनिधिहरू मिलि पाथीभरा देविको जय–जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको हो ।

यस अघि केबलकार निर्माण हुने स्थानका रूखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए ।

पौडेलका अनुसार अबको १५ महिना भित्र केबलकार चड्न पाइने पनि बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार १०:०१