१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

दराज ११.११ को आयोजना हुँदै, ८० प्रतिशसम्म छुट

२३ कार्तिक, काठमाडौँ । दराज बहुप्रतिक्षित सेल दराज ११.११ को आयोजना हुँदैछ । नेपालमा वर्षकै ठूलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ ।

कम्पनीका अनुसार यस सेलमा ८० प्रतिशसम्म छुट हुने भएको छ । साथै, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रुपैयाँसम्मका भौचरहरू लगायत सुविधाहरू समेत उपलब्ध हुनेछन् ।

दराजले १० वटा बैंक र २ वटा वालेट पार्टनरहरूसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्टमार्फत २ हजार ५०० रुपैयाँसम्मको छुट प्रदान गर्ने व्यवस्था  गरेको छ ।

साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

ग्राहकहरू एभरेष्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंक मार्फत छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

‘ग्राहकहरूको वर्ष भरीको प्रतिक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत हामीले ग्राहकहरूलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ,’ दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन् ।’

विविध सामग्रीहरूका विस्तृत श्रृंखला र ब्राण्डेड उत्पादनहरू मध्य विशाल छनौटको अवसरसँगै, दराज ११.११ किनमेलको लागि एक अतुलनिय गन्तव्य हो। यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्राण्ड पार्टनरहरू राखेको छ। जसमा मसलब्लेज, जुभारा, बोट, सेटाफिल, रोहोतो मेन्थोलाटम, एडिडास र बाल्ट्रा समावेश छन्।

प्लेटिनम पार्टनरहरूमा  ग्रीनलाइफ एक्स्पिरियन्स, टेक्नो, परफेट्टी, एंकर्स, डा। शेत र एविबी रहेका छन्। साथै, गोल्ड ब्राण्ड पार्टनरहरूमा अस्तावुल्फ, इप्लाजा, भ्यान्स, मुनस्टार, मामाअर्थ, पिलग्रिम, जेब्रोनिक्स रहेका छन्।

त्यस्तै, आफ्नो इ–सेवा र आइएमई पे वालेट मार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन्।

यधपी यस्ता अफरहरूका साथै यस अभियान मार्फत दैनिक रुपमा ११ रूपैयाँ, १११ रूपैयाँ र एक हजार १११ रूपैयाँका डिलहरू पनि सेलमा रहनेछन्।

दराज नेपालको ११.११ अभियान सम्बन्धी थप जानकारी लिनका लागि दराज नेपालको फेसबुक पेज वा दराज एपमा हेर्न सकिनेछ।

प्रकाशित मिति : November 8, 2024 at 12:45 pm