मन्त्री दाहाल आज नेपाल फर्कंदै
२१ कार्तिक, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियादबाट आज नेपाल फर्किंदै छन्। उनी दिउँसो ४:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन्।
मन्त्री दाहाल नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गरि २ देखि ४ नोभेम्बरसम्मको सडक सुरक्षासम्बन्धी सम्मेलनका लागि शुक्रबार रियाद गएका थिए। उक्त सम्मेलनमा मन्त्री दाहालका सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल पनि सहभागी थिए।
प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १४:१६