प्रधानमन्त्री ओली अस्वस्थ
२० कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्।
प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्रीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।
प्रकाशित मिति : November 5, 2024 at 3:47 pm









