१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

थाइ एयर एसियाको प्रतिबन्ध फुकुवा, आइतबारदेखि काठमाडौं र भैरहवा उडान गर्ने

१५ कार्तिक, काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान अनुमति फुकुवा गरेको छ।

अनुमतिबिना नै बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले उडानमा तत्कालका लागि रोक लगाएको थियो।

यधपी थाइ एयरले माफी मागेपछी आगामी दिनमा गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने सर्तमा प्राधिकरणले उडान अनुमति फुकुवा गरेको हो। साथै आइतबारदेखि थाइ एयरले नियमित उडान गर्ने प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो ।

प्रकाशित मिति : October 31, 2024 at 11:40 am