४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार?

११ कार्तिक, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार  नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १४ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ पुगेको छ ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रूपैयाँले  बढेर प्रतितोला दुई हजार ८५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : October 27, 2024 at 11:14 am