७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ग्लोबल आइएमई बैंकको नाफा बढ्यो, लाभांश क्षमता १४.१८ प्रतिशत पुग्यो

७ कात्तिक, काठमाडाैँ । ग्लोबल आइएमई बैंकले तीन महिनाकाे वित्तिय विवरण सार्वजनिक गरेकाे छ । वित्तिय विवरण अनुसार बैंककाे खुद नाफा २३.३६ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँ बराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएकाे थियो ।

समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ११ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४.२२ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी ६.०२ प्रतिशतले बढेर ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

dainiki.com

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म  १ अर्ब १० करोड रुपैयाँ रहेको बैंककाे रिटेन्ड अर्निङको आकार बढेर १ अर्ब ९१ करोड रुपैयाँबराबर पुगेको छ । यस्तै, बैंकको रिजर्भको आकार २४ अर्ब ८९ करोड रुपैयाँबराबर छ । इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ७ करोड रुपैयाँ छुट्टाएको बैंकको खराब कर्जा अनुपात ४.६७ प्रतिशत रहेको छ ।

यस्तै, बैंकको वितरणयोग्य मुनाफामा भने ४२.३४ प्रतिशतको गिरावट आएको छ । यो गिरावटसँगै बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोडमा खुम्चिएको छ । बैंकको लाभांश क्षमता भने ९.९६ प्रतिशतबाट बढेर १४.१८ प्रतिशत पुगेको छ ।

यस्तै, बैंकको प्रतिसेयर आम्दानी १६.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.२० रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.७१ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३६.१६ र तरलता अनुपात ३४.६७ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १३:१०