७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक नयाँ रेकर्ड, कति पुग्यो तोलामा?

७ कार्तिक, काठमाडौँ । साताको चौथौ कारोबारको दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

गत बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता दिएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ८ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँ पुगेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ३५ रूपैयाँले बढेर प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : October 23, 2024 at 11:20 am