५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

५ कात्तिक, काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनीले शतप्रतिश हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीलाई शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले आइतबार अनुमति दिएको हो ।

कम्पनीले हालको चुक्ता पूँजी बराबरकै १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १७:०७