बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौनधन्दा चलाउने नुवाकाेटकी सीता पक्राउ
५ कात्तिक, काठमाडौँ । प्रहरीले बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ। प्रहरीले नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षिया सीता गोतामेलाई पक्राउ गरेको हो।
गोतामेलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेर अदालतबाट म्याद लिएर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिनुभयो। मासिक २० हजार रुपैयाँ दिने भनेर गोतामेले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि बालिकालाई राखेको खुलेको छ । तर उनले बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई वेश्यावृत्तिमा लगाएको प्रहरीको दाबी छ।
गोतामेले बालिकालाई वेश्यावृत्तिमा लगाएर एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको खुलेको छ। प्रहरीले उनको घरबाट अन्य चार जना बालिकाको उद्धार समेत गरेको थियो।
प्रकाशित मिति : October 21, 2024 at 11:42 am









