४ कार्तिक २०८१, आईतवार | Sun Oct 20 2024

४७ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

४ कात्तिक, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७ अंकले घटेको छ । साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ को विन्दुमा अडिएको हो । यस दिन बजारमा २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा अडिएको थियो । यस दिन बजारमा १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको थियो ।

दोहोरो अंकले घटेको बजारमा केथुली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । इस्र्टन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ । आइतबार उपसमूहतर्फका सबै सूचकहरू घटेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आईतवार १५:३०