३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

रविलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगियो

४ कात्तिक, काठमाडाैँ ।  सहकारी ठगी आरोपमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत लगिएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ परेलगत्तै पोखरा पुर्‍याइएका लामिछानेलाई म्याद थप गर्नका लागि प्रहरीले अदालत लगेको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, संगठित अपराध र सम्पति शुद्धिकरणसहित तीनवटा मुद्दा उनीविरुद्ध चलाउने प्रहरीको तयारी छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा कागजपत्र मिलाएर लामिछानेलाई जिल्ला अदालत लगिएको हो । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेको म्याद थपका लागि न्यायाधीश नवराज दाहालको इजलासमा पेसी तोकिएको छ ।

प्रकाशित मिति : October 20, 2024 at 2:04 pm