काठमाडौंका यी स्थानमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने
३ कार्तिक, काठमाडौँ । काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार दिउँसो मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार दिउँसो तिनदेखि चार घण्टा विद्युत अवरूद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रको चःमति फिडर अन्तर्गतका क्षेत्रहरूस स्वयम्भू, भगवानपाउ, डल्लु आवास, कालीमाटी, टंकेश्वर, डल्लु, बिजेश्वरी, रामटोल, चःमति, अजिमा महेन्द्र रत्न कलेज, रेन्बो स्कुल, जनसेवा मार्ग, कलस अपार्टमेन्ट, चागल, जिल्ला शिक्षा कार्यालय, डल्लु झोलुंगे पुल लगायतका ठाउँहरूमा भने शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अवरूद्ध हुनेछ।
त्यस्तै, महाराजगन्ज वितरण केन्द्रको मण्डिखाटार फिडर अन्तर्गतका क्षेत्रहरूस मण्डिखाटार, गोल्फुटार, बासबारी, चक्रपथ क्षेत्रमा अवरूद्ध हुने भएको छ भने महाराजगन्ज वितरण केन्द्रकै सुकेधारा फिडर अन्तर्गत पर्ने क्षेत्रहरू एकतावस्ती, न्युकोलोनी र मण्डिखाटारमा पनि विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
उक्त क्षेत्रहरूमा ‘प्रिभेन्टिम मेन्टिनेन्स’का लागि फिडर सटडाउन गर्नुपर्ने भएका कारण नै विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति : October 19, 2024 at 10:44 am









