१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

रविलाई पक्राउ गर्न सीआईबीको टोली बनस्थलीमा

२ कात्तिक, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पार्टी कार्यालय, बनस्थली पुगेको छ।

केहीबेर अघिमात्रै सीआईबीका प्रवक्ता समेत रहनुभएका एसपी होबिन्द्र बोगटीको नेतृत्वकाे टोली त्यहाँ पुगेको हो। कास्की जिल्ला अदालतबाट आजै रविलाई पक्राउ गर्न प्रहरीले अनुमति लिएको थियो।

रास्वपा कार्यालयमा अहिले समर्थकको ठूलो भिड लागेको छ।

प्रकाशित मिति : October 18, 2024 at 5:49 pm