१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

सेवा रेमिटको लाइसेन्स खारेज, कम्पनीसँग लेनदेन भए दाबी गर्न ३५ दिने म्याद

२ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिटको लाइसेन्स खारेज गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गरी विप्रेषण कम्पनी सेवा रेमिटको लाइसेन्स खारेज गरिएको जानकारी गराएको हो।

राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम १३ को उपविनियम (१०) खण्ड (ङ)बमोजिम सेवा समेटिको लाइसेन्स खारेज गरिएको जनाएकाे छ ।

उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबारमात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी निनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी गराउन पनि सूचनामा आग्रह गरिएको छ। तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिटको बैंक जमानत फुकुवा हुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

खारेज हुने विप्रेषण कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खोमसम्मको रकममात्र राष्ट्र बैंकले हिसाब मिलान गरिदिने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : October 18, 2024 at 5:34 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/