१ कार्तिक २०८१, बिहीबार | Thu Oct 17 2024

सामान्य अंकले बढ्यो सेयर बजार, ७ अर्ब १९ करोडको कारोबार

१ कात्तिक, काठमाडाैँ। सेयर बजारको उकालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज सेयर बजार झिनो अंकले बढेको हो । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ । आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ३१६ कम्पनीको एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर किनबेच भयो । आज कुल १३ उपसूचक मध्ये ७ सूचक बढेका छन् भने ६ सूचक घटेका छन् ।

आज अधिकांश कम्पनीको सेयर मूल्य घटेका छन् । १४२ कम्पनीको सेयर मूल्य घट्दा ८९ कम्पनीको मूल्य बढेको छ । १३ कम्पनीको मूल्य स्थिर छ । आज गुडवील फाइनान्स, एनआईसी एशिया सेलेक्ट फन्ड ३०, नबिल ब्यालेन्स फन्ड-३, रावा इनर्जी, पोखरा फाइनान्स, हिमालयन लघुवित्त लगायत कम्पनीको मूल्य बढेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १५:५५