१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

२७४२.८८ बिन्दुमा पुग्यो नेप्से, कारोबार रकम पनि बढ्यो

३० असोज, काठमाडौं । दशैँपछि खुलेको शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । मंगलबार ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा पुगेको शेयर बजार बुधबार ४३.२२ बिन्दुले बढेर २७४२.८८ बिन्दुमा पुगेको छ ।

कारोबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा बढेको छ । मंगलबार ३ अर्ब ६ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब ६६ करोडको काराेबार भएकाे छ ।

२०६ कम्पनीको मूल्य बढ्दा ३५ को घटेकाे छ भने ३ को स्थिर रहेकाे छ । यस दिन सबै क्षेत्रका सूचक बढेका छन् । व्यापार समूह सबैभन्दा धेरै ३.४४ प्रतिशत बढ्यो । साल्ट ट्रेडिङको मूल्य ३.८४ प्रतिशतले बढ्दा समग्र समूह बढेकाे छ । यो समूहमा विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै सूचीकृत छन् ।

त्यस्तै, हाइड्रोपावर २.१३, लगानी ०.६९, जीवन बीमा १.८०, उत्पादन १.३६, बैंकिङ १.९८, विकास बैंक १.८५, फाइनान्स ०.८६, होटल तथा पर्यटन १.४९, माइक्रोफाइनान्स १.४८, निर्जीवन बीमा १.३८ तथा अन्य समूह ०.५७ प्रतिशत बढे ।

समता घरेलु लघुवित्तको ८.६२, आत्मनिर्भर लघुवित्तको ८.५९, विजय लघुवित्तको ९.३३, इस्टर्न हाइड्रोपावरको ९.२४, सगरमाथा जलविद्युतको मूल्य ७.४५ प्रतिशत बढ्यो ।

अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेकाे छ भने मिडसोलु हाइड्रोपावरको ५.५४ र मिथिला लघुवित्तको ४.५५ प्रतिशतले घटेकाे हाे । कारोबारमा भने एनआईसी एसिया बैंक,  नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, गुडविल फाइनान्स र एचआईडीसीएल प्रमोटर सेयर क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : October 16, 2024 at 3:50 pm