२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बाढी पहिरो पीडितलाई एभरेष्ट बैंककको ५० लाख रुपैयाँ सहयोग

२२ असोज, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु। ५० लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखीनै सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार २३:०१