२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

दाँतको उपचारमा नेपाल बैंकका कर्मचारीले १५ र ग्राहकले १० प्रतितश छुट पाउने

२३ असोज, काठमाडौँ । दाँतको उपचारमा नेपाल बैंकका कर्मचारीले १५ र ग्राहकले १० प्रतितश छुट पाउने भएका छन । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरुमा रहेका क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई विल रकमको १५ प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरुलाई १० प्रतिशतले छुट हुने भएको छ ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौं स्थित नयाँ बानेश्वर, बसुन्धरा, पेप्सीकोला, जोरपाटी, सितापाइला, भक्तपुरस्थित कौशलटार, ललितपुर स्थित जावलाखेल, ईमाडोल र काभ्रेपलाञ्चोक स्थित बनेपामा रहेका समाज डेण्टल अस्पतालका क्लिनिकहरुले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार १८:२७