२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेपाल बैंकका ग्राहकले नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्समा विशेष छुट पाउने

२३ असोज, काठमाडौँ । नेपाल बैंकका ग्राहकले नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्समा विशेष छुट पाउने भएका छन । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई नयाँ बानेश्वर र कौशलटार भक्तपुरमा रहेको नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्समा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने  सम्वन्धी सम्झौतामा पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई र बैंकमा खाता रहेका ग्राहकहरुलाई क्लिनिक को विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा बिल रकमको क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्सको तर्फबाट प्रबन्ध निर्देशक डा. श्रेया पाँडेले हस्ताक्षर गर्नुभएको छ । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरु क्लिनिकबाट प्रदान गरिने सेवामा छुट पाउनेछन ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार १८:०४