६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

स्ट्याण्डर्ड चार्टर्ड बैंक अब सातै प्रदेशमा

२१ असोज, काकठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको कैलाली गरी दुई वटा नयाँ शाखा कार्यालयहरूको उद्घाटन गरेको छ। बैंकले उक्त शाखा कार्यालयहरूको स्थापनासँगै नेपालका सातै प्रदेशहरूमा आफ्नो शाखा विस्तार गरेको हो।

दुबै शाखाको उद्घाटन समारोहमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका सञ्चालक समितिका सदस्य सिद्धान्त राज पाण्डेयले सञ्चालक समितिको प्रतिनिधित्व गर्नुका साथै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रूपमा दुवै शाखा कार्यालयहरूको समुद्घाटन गरेका हुन्।

यधपी बैंकले नयाँ शाखा कार्यालयको स्थापनाबाट वीरेन्द्रनगर र धनगढीको आर्थिक विकासका लागि थप अवसरहरू सिर्जना गर्ने विश्वास बैंकले जनाएको छ ।

प्रकाशित मिति : October 7, 2024 at 11:41 am