१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

काठमाडौँ महानगरले नउठाएको फोहोर अनेरास्ववियुले डोजर लगाएर उठायो

१७ असोज, काठमाडौँ । तीन दिासम्म परेको अविरल वर्षाका कारण क्षतिग्रस्त भएको काठमाडौँ महानगरको ११ नम्बर वडामा रहेको त्रिपुरेश्वर सुकुम्बासी बस्तिलाई काठमाडौँ महानगरले वेवास्ता गरेपछि अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले उक्त फोहोर उठाएर टेकु स्थित डम्पिङ साइडमा पुर्याएर व्यवस्थापन गरिरहेको छ ।

महामारीको प्रकोप फैलिने त्रास भयो यहाँबाट बचाउन पर्यो भनेर सुकुम्बासी बस्तिका आम नागरिकले गुनासो गरेपछि सो गुनासोलाई महानगरले सम्बोधन नगरेपछि नेकपा एमाले निकट अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले आफैँ उक्त फोहोर उठाई व्यवस्थापन गरेर महानगरलाई चुनौती दिएको अनेरास्ववियु केन्द्रीय सचिव सन्जिव धितालले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : October 3, 2024 at 7:07 pm