विपदमा परेर घाइते भएकाहरूलाई सरकारले निस्शुल्क उपचार गराइरहेको छ: स्वास्थ्यमन्त्री पौडेल
१७ असोज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढीपहिरोमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् ।
बिहिबार राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीहरूको अवस्थाबारे जानकारी लिन पुगेका मन्त्री पौडेलले बाढीपहिरो पीडितलाई निःशुल्क उपचार गरिने बताए।
उनले भने- ‘विपदमा परेर घाइते भएकाहरूलाई सरकारी अस्पतालले निस्शुल्क उपचार गरिरहेको छ । निजी अस्पतालाहरूलाई पनि बाढीपहिरो पीडितको सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न भनेका छौं।
यधपी जस्तोसुकै जटिल समस्या भएको बिरामीको पनि उपचार हुने उनले बताएका छन्।
प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार १७:२६