१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

डुंगा नहुँदा उद्धारमा समस्या भयो, अब किनेर राख्छौं: मेयर महर्जन

१७ असोज, काठमाडौँ । लगातारको बर्षाका कारण ललितपुरमा बाढी पीडितलाई समयमा नै उद्धार गर्न नसक्दा ललितपुर महानगरपालिकाले पाँच वटा डुंगा किन्ने निर्णय गरेको छ ।

सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानेपानी मन्त्रीसँगको छलफलमा ललितपुर महानगरका मेयर चिरीबाबु  महर्जनले डुंगा नहुँदा उद्धार गर्न  समस्या भएकाले अब महानगरले नै डुंगा किन्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो- ‘हालैको बाढी र डुबानमा डुंगा नहुँदा धेरैको उद्धारमा समस्या भयो । अब पाँच वटा डुंगा किनेर राख्छौं । यो पटक हामीले डुंगा नभएर साह्रै दुःख पायौँ, त्यसको निमित्त चाहिने किसिमको व्यवस्थापन हामी अगाडी नै गर्छौं ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार ११:५३