डुंगा नहुँदा उद्धारमा समस्या भयो, अब किनेर राख्छौं: मेयर महर्जन
१७ असोज, काठमाडौँ । लगातारको बर्षाका कारण ललितपुरमा बाढी पीडितलाई समयमा नै उद्धार गर्न नसक्दा ललितपुर महानगरपालिकाले पाँच वटा डुंगा किन्ने निर्णय गरेको छ ।
सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानेपानी मन्त्रीसँगको छलफलमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले डुंगा नहुँदा उद्धार गर्न समस्या भएकाले अब महानगरले नै डुंगा किन्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो- ‘हालैको बाढी र डुबानमा डुंगा नहुँदा धेरैको उद्धारमा समस्या भयो । अब पाँच वटा डुंगा किनेर राख्छौं । यो पटक हामीले डुंगा नभएर साह्रै दुःख पायौँ, त्यसको निमित्त चाहिने किसिमको व्यवस्थापन हामी अगाडी नै गर्छौं ।
प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार ११:५३