१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

यी नदीहरूमा आकस्मिक बाढीकाे जाेखिम, सतर्कता अपनाउन अनुरोध

१७ असोज, काठमाडौँ । बिहिबार कोशी र बागमती प्रदेशका केही स्थानहरूमा धेरै वर्षा भइरहेको छ । रातिदेखि नै वर्षा भइरहेकाले यी दुई प्रदेशका नदी तथा खोलाहरूमा जलसतह खतराको तह आसपासमा पुगेका कारण उच्च सतर्कता उपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहिबार काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक सुनसरी, दोलखा, सिन्धुपाल्चोक, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङलगायतका आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार १०:२७