७ फाल्गुन २०८२, बिहीबार | Thu Feb 19 2026

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

१६ असोज, काठमाडौँ । बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्यून ब्याजदर ७.७० मा नेपाल बैंक लिमिटेडले नेपाल बैंक सर्वसुलभ आवास कर्जा ल्याएको छ।

नेपाल बैंक सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, घर मर्मत, सम्भार, नयाँ घर निर्माण, जिर्णोद्वार र अन्य बैंकको कर्जा खरिद तथा अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् भने ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।

त्यस्तै, बैंकले ५ लाख रूपैयाँदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने र नेपाल बैंक समृद्ध व्यवसाय कर्जा, अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदरमा समेत उल्लेख्य प्रतिशतले घटाएको बैंकले जनाएको छ ।

यधपी कर्जा सीमा १० करोड रूपैयाँसम्म रहेको नेपाल बैंक समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ ।

त्यसैगरी, व्यवसायिक ग्राहकहले चालुपुँजी तथा स्थिरपुँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् भने नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखि उक्त बैंकले प्रवाह गर्ने नेपाल बैंक अटो कर्जाको ब्याजदर हाल ७.७८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १४:४५