२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

कतै धाँधली नभेटेपछि एक सातापछि एमालेको हार स्वीकार गरे ओलीले

२८ फागुन, काठमाडौँ । संसदको सानो दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कही कतै धाँधली नभटेपछि बिहीबार फेसबुक मार्फत पार्टीको पराजय स्वीकार गर्नुभएको छ । निर्वाचनको सात दिनपछि फेसबुकमा सानो टिप्पणी राख्दै ओलीले पराजय स्वीकार गर्नुभएको हो ।

निर्वाचनअघि धाँधली भए निर्वाचनको नतिजा अस्वीकार गर्ने घोषणा गर्नुभएको ओलीले बिहीबार बिहान फेसबुक मार्फत नतिजा स्वीकार गरेको बताउनुभयो । उहाँले मतदानको केही दिनअघि पनि धम्कीपूर्ण भाषामा नागरिक माथि नै प्रश्न प्रश्न सोधेर भिडियो सन्देश जारी गर्नुभएको थियो ।

राष्ट्रिय ‘बा’ बन्ने अभियानमा लागेर सबैलाई छोराछोरीको शैलीमा तिमी सम्बोधन गर्ने ओलीले दिदीबहिनी र दाजुभाइलाई मात्र सम्बोधन गरेर फेसबुकमा यस्तो टिप्पणी गर्नुभएको छ,

दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन।

लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।

यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।

निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन।

हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।
मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।🙏

प्रकाशित मिति : March 12, 2026 at 11:34 am