११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२७ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदी तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भएको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : March 11, 2026 at 10:57 am