६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

अख्तियारका आयुक्तले सात दिनको तलब बाढी-पहिरो पीडितलाई दिने

१६ असोज, काठमाडौँ । लगातारको बर्षाले देशका बिभिन्न स्थानमा बाढी पहिरोका कारण क्षति पुर्याएको नागरिकहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त, सचिव, सहसचिवलगायत कर्मचारीहरूले तलबबापत आर्थिक सहयोग गर्ने भएका छन्।

आज अख्तियारका प्रवक्ता नरहरि घिमिरेले एक विज्ञप्ति जारी गर्दै बाढी-पहिरो पीडितहरूलाई केही दिनको तलबबाट सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रमुख आयुक्तरआयुक्तहरूले आफ्नो सात दिनको तलब बाढी-पहिरो पीडितलाई सहयोग गर्ने भएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । उक्त अख्तियारमा प्रमुख आयुक्त एक जना र चार जना आयुक्तहरू छन्।

त्यस्तै सचिवले पाँच दिनको, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको तीन दिन, शाखा अधिकृत र सो सरहका कर्मचारीहरूको दुई दिन वा अन्य कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम प्रदान गर्ने भएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने अख्तियारले निर्णय गरेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : October 2, 2024 at 2:24 pm