१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

१६ असोज, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना भएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई समेत निर्देशन दिनुभएको छ ।

गृहमन्त्रीले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही ठाउँमा  भारी वर्षाको पूर्वानुमान गरिएकाले जोखिमबाट बच्न तथा सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गर्नुभएको हो ।

यधपी समन्वय र यस सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन पनि निर्देशन दिएको गृहमन्त्री लेखकले बताउनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १०:०९