७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मन्त्री पाण्डेलाई भेटेर नेविसंघले भन्यो-राजमार्ग अवरूद्ध छ, हवाई शुल्क सर्वसुलभ बनाउनुपर्‍यो

१५ असोज, काठमाडौँ ।  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले हवाई शुल्क सर्वसुलभ बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

अध्यक्ष दुजाङ शेर्पासहित प्रतिनिधिमण्डल टोलीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर चाडपर्वका बेला हवाई यातायातलाई सर्वसुलभ र सहज बनाउन माग गर्दै ध्यानाकर्षण गराएका हुन्।

असोज १२ गतेको बर्षाले  मुख्य राजमार्ग तथा सडकहरू अवरूद्ध भएका कारण हवाई शुल्क सर्वसुलभ हुनुपर्ने नेविसंघको भनाइ छ।

प्रकाशित मिति : October 1, 2024 at 1:27 pm