९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

झ्याप्लेखोला पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुग्यो

१३ असोज, काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका(९, झ्याप्लेखोलाको पहिरोमा बससँगै पुरिएको अवस्थामा थप ५ शव भेटिएका छन्।

योसँगै आजै २१ वटा शव भेटिएको छ । आज बिहान १६ शव भेटिएका थिए भने हिजो शनिबार १४ शव फेला परेका थिए। योसँगै शवको संख्या ३५ पुगेको छ।

अहिले भेटिएका ५ शव गोरखाबाट आएको बसका यात्रुको भएको प्रहरीले जनाएको छ । यसअघि हिजो शनिबार दुइवटा बस र १४ शव फेला परेका थिए भने आज बिहान गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रोबस समेत सोही पहिरोमा पुरिएको अवस्थामा भेटिएका हुन्।

घटनास्थलमा अझै खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। भेटिएका शवमध्ये अहिलेसम्म हालसम् १३ जनाको मात्र परिचय खुलेको छ।

प्रकाशित मिति : 14:35