इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ
१० असोज, काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जनालाई दुबईबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । ठगी मुद्दा र बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई बुधबार पक्राउ गरी काठमाडौँ ल्याइएको हो । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा,कबिर बुढाथोकी उर्फ रियाज,रोमन कार्की छन् ।
ठगी मुद्दामा फरार रहेका भूपेन्द्र बोहोरा र कबिर बुढाथोकी पक्राउ परेका छन् भने जबरजस्ती करणी मुद्दामा रोमन कार्कीलाई प्रहरीले पक्राउ गरी काठमाडौं फिर्ता ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ
प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार १२:२६