११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

एन आई सी एशिया बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत छुट पाउने

१० असोज, काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका छन । ग्राहकले छुट पाउने गरी बैंक र एयरलाइन्सका बीचमा छुटसम्बन्धी सम्झाैतामा हस्ताक्षर भएको छ ।

छुटसम्बन्धी सम्झाैता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक  रुपेश जोशीज्यूले हस्ताक्षर गर्नुभएको सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिनुभयो ।

dainiki.com

सम्झौता बमोजिम बैंकका ग्राहकले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन । बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा दुई पक्षबीच भएको सम्झौता बमोजिम ८ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन ।

नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको सम्झौताले बैंकका ग्राहकलाई चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रुपमा आवतजावत गर्न सघाउ पुग्नेछ । बैंकले यस्ता सम्झाैताले डिजिटल भुक्तानीको प्रवर्द्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढावा दिनको निमित्त ठोस टेवा पुग्ने विश्वास लिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार ११:१४