१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर

१० असोज, काठमाडौँ । धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मियाबाट जोगाउनका लागि ज्योति विकास बैंकले बेबी वार्मर मेसिन प्रदान गरेको छ।  उक्त बैंकले सामरी शाखाको पहलमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं। ४ भोग्टेनीमा अवस्थित अस्पतालमा बेबी वार्मर जडान गरेको हो।

विशेष गरी हाइपोथर्मियाको दर ग्रामिण क्षेत्रमा उच्च रहने भएकाले र नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेकाले यसलाई  जोखिमबाट मुक्त गर्ने उदेश्यले उपकरण उक्त अस्पतालमा प्रदान गरिएको हो।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार १०:४२