१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मधेश प्रदेशको सम्पूर्ण बैंकिङ आवश्यकताको लागि अपन एनएमबि बचत खाता

१० असोज, काठमाडौँ । नेपालको सबैभन्दा दिगो बैंक बन्ने रणनीतिक आकांक्षा बोकेर अघि बढिरहेको एनएमबि बैंक लिमिटेडले मधेश प्रदेशको सम्पूर्ण बैंकिङ आवश्यकताको लागि अपन एनएमबि बचत खाता सञ्चालनामा ल्याएको छ ।

बैंकले थुप्रै आकर्षक सुविधाहरू समेटेर अपन एनएमबि बचत खाता सुरू गरेको जनाएको छ । बैंकका अनुसार अपन एनएमबि बचत खातामा ४.०२ प्रतिशत ब्याजदर, नि:शुल्क डिलाइट कार्ड, क्रेडिट कार्ड तथा डलर कार्डको सुविधा साथै कुनै पनि एटिएमबाट पैसा निकाल्दा अत्तिरिक्त शुल्क नलाग्ने सुविधाहरू रहेका छन । बैंकले उक्ता खाताका बारेमा थप जानकारी चाहिएमा ०१–५९७०१५० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

बैंकले केही दिन अघिमात्र दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासका लागि प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्देश्यले डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्टसँग २० मिलियन अमेरिकी डलरको सम्झाैता गरेको थियो भने  सोही दिन अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दीगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक एफएमओसँग पनि सम्झाैता गरेको थियो ।

प्रकाशित मिति : September 26, 2024 at 10:43 am