रुरु जलविद्युत परियोजनाले सुम्निमा हाइड्रो पावर कम्पनीमा लगानी गर्ने
८ असोज, काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनी प्रालिमा लगानी गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले सुम्निमा हाइड्रो पावर कम्पनीको सेयरमा ५१ प्रतिशत स्वामित्व कायम हुने गरी लगानी गर्ने निर्णय गरेको हो ।
सुम्निमा हाइड्रो पावर कम्पनीले भोजपुरमा प्रर्वद्धन गरिरहेको दुई जलविद्युत आयोजनाहरू अपर पिखुवा खोला ९४।९ मेगावाट० र पिखुवा पशुपति ९४।१ मेगावाट० परियोजनामा रुरु जलविद्युत परियोजनाको बहुमत स्वामित्वमा लगानी हुने भएको छ।
रुरु जलविद्युत परियोजनाले अन्य जलविद्युत कम्पनीहरूमा लगानी गर्ने नीतिअनुरुप यो कदम चालेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडीएस एण्ड क्लीयरिङ्ग लिमिटेड र विद्युत नियमन आयोगलाई यसबारे जानकारी गराउँदै आवश्यक सहयोगको लागि आग्रह गरेको छ।
प्रकाशित मिति : September 24, 2024 at 11:41 am









