१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

दरबारमार्गबाट पक्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

४ असोज, काठमाडौँ । बिहिबार साँझ दरबारमार्गमा भएको ‘नेशनल डे कन्सर्ट’का क्रममा बालेन समर्थकमध्ये एक जना ज्यान मुद्दाका फरार अभियुक्त रहेको पाइएको छ। उक्त कन्सर्टमा धकेलाधकेल र नाराबाजी गरिरहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।

ती व्यक्तिलाई नियन्त्रणमा लिएर पृष्ठभूमि हेर्दा फरार प्रतिवादी रहेको खुलेको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो। उहाँकाअनुसार बझाङ मष्ट गाउँपालिका ३ स्थायी घर भई माछापोखरी बस्दै आएका १९ वर्षीय तिलक खड्का पक्राउ परेका हुन्।

‘हाम्रो रेकर्डमा उनीविरूद्ध प्रहरी वृत्त दरबारमार्गबाट तीन महिनाअघि मुद्दा चलेको थियो। त्रिचन्द्र क्याम्पसमा तीन महिना अगाडि सोही क्याम्पस पढ्ने प्रवेश लामालाई ‘नक’ ले प्रहार गरेर घाइते बनाएका थिए’,उहाँले भन्नुभयो ।

खड्काविरूद्ध ज्यान मार्ने उद्योग कै अर्को घटना पनि रहेको खुलेको छ। यद्यपि उक्त मुद्दामा भने खड्का धरौटीमा छुटेको प्रहरी परिसर प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : September 20, 2024 at 12:02 pm