३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

जनतामाकाे निराशालाई चिर्दै देशको आर्थिक विकासका लागि सरकारले काम गरिरहेको छ: ऊर्जामन्त्री खड्का

३ असोज, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको बताउनुभएको छ  ।

नेपाली रेडियो नेटवर्कको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘संविधानका नवौँ वर्ष’ विषयक अन्तरक्रियामा सरकारले उहाँले आवश्यक  कानुन निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

ऊर्जामन्त्री खड्काले संविधान स्थायी दस्तावेज नभएकाले जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने उल्लेख गर्नुभयो । संविधानको रक्षाका लागि सबै दल मिल्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री खड्काले जनतामा देखिएका निराशालाई चिर्दै देशको आर्थिक विकासका लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले विभिन्न दलका नेता र सरकारका बारेमा प्रश्न उठे पनि सङ्घीयताको नाममा भने प्रश्न नउठेको बताउनुभयो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १७:३५