१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

भायानेटको ‘महा महोत्सव’ अफर सार्वजनिक

३ असोज, काठमाडौँ । भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्व लक्षित गरी ‘भायानेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ। उक्त अफर अन्तर्गत  ग्राहकले ८ हजार ९९० रूपैयाँमा १२५ एमबिपिएसको सट्टा २०० एमबिपिएस स्पिड प्राप्त गर्न सक्नेछन्  ।

अहिले १२५ एमबिपिएस सब्स्क्राइब गर्ने आफ्ना वार्षिक ग्राहकलाई २०० एमबिपिएसमा अपग्रेड गरिसकेको भायानेटले जनाएको छ। साथै भायानेटले ग्राहकको घरभरी वाइफाइ कभरेज बढाउन जेडटिइको ‘मेस वाइफाई’ मा अफर ल्याएको छ।

त्यस्तै, मेस वाइफाई राउटरमा दुईवटा सेटलाई एउटाको मूल्यमा पाउन सक्नेछन् भने मेस अफर भायानेटका २०० एमबिपिएस वा माथिका वार्षिक ग्राहकलाई मात्र सीमित रहेको छ।

यसका साथै तीन महिनाभन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकले ग्लोबल नम्बर २ टिभी ब्रान्ड, हाइसेन्सको टिभी, फ्रिज, वासिङ मसिनलगायतका इलेक्ट्रोनिक्सहरूमा २८ प्रतिशतसम्मको छुट पनि पाउने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : September 19, 2024 at 2:22 pm