१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

दुई महिनामा मात्रै ४९ करोड ९४ लाख राजस्व सङ्कलन

३ असोज, झापा । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो ।

अन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्यले बताउनुभयो । “साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८७ दशमलव ६१ प्रतिशत राजस्व सङ्कलन भयो । चालु आवको पहिलो दुई महिनामा मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन भएन” उहाँले भन्नुभयो ।

उक्त कार्यालयले आयकरबाट रु १५ करोड ७६ लाख १४ हजार, ब्याजबापत रु दुई करोड ६१ लाख १७ हजार, मूल्य अभिवृद्धि करबापत रु २० करोड १६ लाख ८७ हजार अन्तःशुल्कबापत रु १० करोड ७८ लाख आठ हजार सङ्कलन गरेको छ ।

प्रकाशित मिति : September 19, 2024 at 10:43 am