१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

खल्तीबाट वर्ल्डलिंकको भुक्तानीमा कार जित्ने अफर सार्वजनिक

१ असाेज, काठमाडौँ ।  डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ। आगामी असोज ३० गतेदेखि पुषकाे १० गतेसम्म लागु हुने उक्त याेजना अन्तर्गत यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वर्ल्डलिंक इन्टरनेटबाट बिल भुक्तानी गरी NAMMI 01 E3 EV Car जित्न सकिने भएको हो ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले वर्ल्डलिंकको बिल भुक्तानी गरी NAMMI 01 E3 EV Car जित्न सक्नेछन् । साथै, प्रत्येक हप्ता प्रयोगकर्ताहरूले Samsung को प्रडक्ट समेत जित्न सक्नेछन् भने boAt का प्रडक्टहरूमा  ५३% र Samsung का प्रडक्टहरूमा  39% सम्मको छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् ।

उक्त अफर नयाँ वल्डलिंक सब्सक्रिप्सन्का साथै नवीकरणका लागि पनि लागु हुनेछ। यस योजना अन्तरगत १ महिना देखि २४ महिनासम्म इन्टरनेट प्याकेज भुक्तानीमा र्याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : September 17, 2024 at 11:05 am