३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

नेकपा एमालेको सचिवालय बैठक बस्दै, यस्तो छ एजेण्डा

२८ भदौ, काठमाडौँ । सत्तारूढ पार्टी नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यलय च्यासलमा दिउँसो बस्ने सचिवालय बैठकमा वार्षिक कार्ययोजनाको विषयमा छलफल हुनेछ । एमालेले वार्षिक कार्ययोजना तयार पार्न चरणबद्ध बैठकहरु गरेर नेताहरूको राय सुझाव लिने र निष्कर्ष पुग्ने काम गरिरहेको छ ।

यसअघि गत भदौ १८–१९ मा पोलिटब्यूरो बैठक बसेको थियो । बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजनाको प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्तावमाथि पोलिटब्यूरो सदस्यहरुले सुझाव दिएका छन् । आजको सचिवालय बैठकमा पनि त्यस्तै गरिने बुझिएको छ ।

प्रकाशित मिति : 08:57