बालुवाटारमा दोसल्ला ओढाएर ओलीले देउवालाई दिए जन्मदिनको शुभकामना
२७ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाएर शुभकामना दिनुभएको छ । भदौ २७ गते बिहीबार नेपाली कांग्रेज सभापति देउवाको जन्मदिन हो।
संवैधानिक परिषद् बैठक बोलाउने विषयमा प्रधानमन्त्रीले सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग परामर्श गर्नुभएको थियो । त्यसै सन्दर्भमा सभापति देउवालाई प्रधानमन्त्रीले जन्मदिनको शुभकामना पनि दिनुभएको हो ।
प्रकाशित मिति : September 12, 2024 at 1:11 pm









