३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

संवैधानिक परिषदको बैठक स्थगित

२६ भदौ, काठमाडौँ । संवैधानिक परिषदको बैठक स्थगित भएकाे छ । नयाँ प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बुधबार बेलुकी बोलाइएको बैठक शुक्रबार अपरान्हसम्मका लागि सरेको हाे ।

बैठक २८ भदौसम्मका लागि सारिएको संवैधानिक परिषदको सचिवालयले जनाएकाे छ । प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसैको तयारी स्वरुप न्यायपरिषद सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेका आठ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषदको सचिवालयमा पठाएको थियो ।

प्रकाशित मिति : 19:07