८ माघ २०८१, मंगलवार | Wed Jan 22 2025

माओवादीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

२६ भदाै, काठमाडाैँ । माओवादीको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले गत भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएपछि माओवादी केन्द्रले संसद् बैठक अवरोध गरेको हाे।

बुधबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली र कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलपछि उक्त शब्द रेकर्डबाट हटाउन नपर्ने जानकारी गराउनुभएकाे थियाे। लगत्तै, माओवादी केन्द्रले संसद् बैठक अवरोध गरेको हो।

अवरोधपछि समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधानको प्रस्तावना पढेर सुनाउनुभएकाे थियाे। ‘यो शब्द संविधानको कुन चैँ धारा, उपधारामा छ?’ उनले प्रश्न गरे। उनले आफ्नो पार्टी बहस गर्न तयार भएको उहाँले सुनाउनुभयाे।

सभामुखले उक्त शब्द रेकर्डबाट नहट्ने बताएपछि माओवादी सचेतक पाण्डेले आपत्ति जनाउनुभएकाे हाे। उहाँले भन्नभयाे, ‘हाम्रो देशको सबैभन्दा मूल कानुन भनेको संविधान हो। संविधानमा नै जनयुद्ध, जनआन्दोलन लगायतको व्याख्या गरिएको छ। प्रस्तावनामा नै जसरी व्याख्या गरिएको छ,  ‘हिंसाको विषयवस्तु आएको छ यो कानुन विपरित छ। संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हा ?’

सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्न आग्रह गरेपनि यसबारे संसदमा बहस हुनुपर्ने माओवादीको अडान कायम रहेपछि सभामुख घिमिरेले अर्को बैठक भदौ ३० गते बस्ने जानकारी गराउँदै आजको बैठक स्थगित भएको घोषणा गर्नुभएकाे हाे  ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १४:३७