१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

होण्डाको मोटरसाइकल तथा स्कुटर किन्दा १० लाख रूपैयाँ जित्न सकिने

२६ भदौ, काठमाडौँ । ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकमुखी उपहार योजना ल्याएको छ। उक्त योजना दशैँ तिहारलक्षित गरी ल्याएको हो ।

ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रूपैयाँ नगद जित्न सक्नेछन्। यसका साथै चुज योर स्किमअन्तर्गत १० हजार रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउने र १२ हजार पाँच सय बराबरको ५ वर्षे एएमसी प्याकेज वा ‘बाइ १ गेट १ सर्भिसिङ’ ७ वर्षसम्म सित्तैमा पाउन सक्ने कम्पनीको भनाइ छ ।

त्यसैगरी, होन्डाको बिग बाइकहरूमा १ लाख रूपैयाँसम्म छुट पाउन सक्नेछन्। उक्त योजना होण्डा इजी फाइनान्समा पनि लागु हुनेछ।

प्रकाशित मिति : September 11, 2024 at 12:47 pm